पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ७५५ कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।

Advertisement

मन्त्रालयको विवरणअनुसार बितेको २४ घण्टामा देशभर १ हजार ४९७ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर हालसम्मको कुल संक्रमित संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै हालसम्म ५० हजार ४११ जना डिस्चार्ज हुँदा क्वारेन्टिनहरुमा ६ हजार ५६५ जना रहेका छन् ।

More News last news
Loading...