अविरल वर्षापछि नारायणी नदी उर्लियो, खतराको घण्टी

चितवन । केही दिनयता देशैभर भइरहेको निरन्तर वर्षाका कारण विभिन्‍न नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेको छ। चितवनको नारायणी नदीमा पनि पानीको बहाव बढेर सतर्कता तह नाघेको छ।

बाढी पुर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको पुल र देवघाट दुवै क्षेत्रमा नदीले सतर्कता तह पार गरेको छ ।

Advertisement

पुलतर्फ नारायणी नदीमा पानीको सहत ११.२३ मिटर पुगेको छ। यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ ।

यस्तै देवघाट क्षेत्रतर्फ पानीको सतह ७.९ मिटर पुगेको छ । जबकी ७.३ मिटर सतर्कता तह मानिन्छ। यहाँ पानीको सतह ८ मिटर पुगेमा खतराको तह पार गर्नेछ।

पहाडी क्षेत्र तथा चितवनमा पनि निरन्तर वर्षा भइरहेकाले देवघाट क्षेत्रमा नदीले खतराको तह पार गर्ने देखिन्छ।

More News last news
Loading...