पृथ्वी राजमार्गको कुरीनटारमा पहिरो खस्यो, सडक अवरुद्ध

मुग्लिन । पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्ड अन्तर्गत कुरीनटारमा पहिरो खसेको छ। बुधबार साँझ ६ः३० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो ठाउँको पहिरो राति नै पन्छाउने प्रयास गरिएको छ।

Advertisement

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चार किलो र पाँच किलोमा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याईएको छ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ती स्थानमा दिउँसो ४:३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो। साँझ सातबजेबाट दुबै ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको भट्टले जानकारी दिएका छन्।

दुई दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ।

More News last news
Loading...