काठमाडौँ उपत्यकामा मात्रै एकै दिन ६ सय ३७ जना कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ३७ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय २, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित देखिएका हुन्।

Advertisement

मन्त्रालयले २४ घन्टामा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएको जनाएको छ । काठमाडौँ उपत्यकासहित देशभर थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको प्रवक्ता गौतमले बताए।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १८ सय ९३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ९४ जना पुगेको छ ।

More News last news
Loading...