नेपालमा थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

Advertisement

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको प्रवक्ता गौतमले बताए।

२४ घण्टामा जम्मा ९ हजार ४ सय ४९ पीसीआर परीक्षण भएका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १८ सय ९३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ९४ जना पुगेको छ ।

More News last news
Loading...