सिड्नी । अष्ट्रेलियाको पश्चिमी समुद्री खाडीमा ठूलो संख्यामा ह्वेल माछाहरु थुनिएपछि उद्धार कार्य सुरु गरिएको छ।
मंगलबार बिहान सुरु गरिएको उद्धार कार्य गम्भीर मोडमा पुगेको बताइएको छ । जब कि, २ सय ७० स्तनधारीमध्ये एक तिहाइ मरिसकेको विज्ञहरुले बताए। अर्थात् कम्तिमा ९० वटा ह्वेल त्यहाँ मरिसकेको विज्ञहरुको भनाइ छ।
उनीहरुका अनुसार सोमबारदेखि तीन वटा क्षेत्रमा ह्वेलहरु थुनिएका थिए। समुद्री संरक्षण कार्यक्रम जिवविज्ञ क्रिस क्यार्लोनका अनुसार ती तीन क्षेत्रमध्ये एक ठाउँका ह्वेल मरेका हुन्। उद्धारका लागि ६० जना उद्धारकर्ता खटिएका छन् । तर जुन काम जटिल र सुस्त हुने बताइएको छ।
उक्त उद्धारकार्य अझै केही दिन लाग्नसक्ने क्रिसको भनाइ छ। तास्मानियाको टापुमा यसरी ह्वेल थुनिने घटना पहिलो हैन । तर एक दशकमा १ सय ५० भन्दा धेरै जनावर थुनिएको घटना भएको थिएन। पाइलट ह्वेल जाति सामाजिक र मानवीय गुण भएको जलचर मानिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
