डा केसीलाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्‍यायो

काठमाडौँ । डाक्टर गोविन्द केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको छ ।

नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौँ ओर्लिएलगत्तै विमानस्थलबाटै डाक्टर केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

Advertisement

सोमबार जुम्लाबाट नेपालगन्ज आएका डाक्टर केसी मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राख्ने बताएका थिए। कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरी स्रोतले बताएको छ।

उनी आफैँ एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीहरुले एम्बुलेन्स ट्रमा सेन्टर लगेर भित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लिएर गएका हुन् ।

More News last news
Loading...