नेपालमा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

Advertisement

प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै नेपालमा हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको जनाए।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८२३ रहेको छ। यो सँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ।

२४ घण्टामा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको छ।

More News last news
Loading...