पोखरा । नेपालमा सर्वाधिक पानी पर्ने शहर हो पोखरामा २२ वर्षपछिकै सबैभन्दा धेरै वर्षा भएको छ ।
सर्बाधिक पानी पर्ने बिन्दू कास्कीको लुम्ले गाउँसँगै जोडिएको पोखरा महानगरपालिकामा यस वर्ष वर्षा सुरु भएसँगै अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बर २० सम्म २२ वर्ष अघिको सर्वाधिक पानी परेको रेकर्ड तोड्ने गरि पानी परेको हो ।
पोखरामा अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बर २१ तारिख सम्मको समयमा ५२ सय ४४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ ।
कार्यालयका अनुसार, यस अघि सन् १९९८ को जुन १० देखि सेप्टेम्बर २३ सम्ममा सर्वाधिक पानी परेको रेकर्ड ४८ सय ७९ मिलिमिटर रहेको छ ।
नेपालमा अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बर महिनाको २३ तारिख सम्मलाई मौषम अवधी मानिन्छ।
दिनहुँजसो भीषण वर्षा भएकोले पोखरा वरपरका डाँडामा पहिरो गएका छन्। पोखरामा यही अवधीमा पहिरोबाट घर भत्कदा ११ जनाको मृत्यु भएको छ।
पोखरा १८ सराङ्कोटस्थित गोठादी, पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा, पोखरा २६ लेखनाथ, कास्कीको माछापुच्र्छे गाउँपालिका ८ स्थित खोराकोमुख लगायतका क्षेत्रमा पहिरो जाँदा ज्युधनको क्षति भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
