काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।
यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५,२७६ पुगेको बताएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ जना पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
