अमेरिकाको टेक्सासमा सिंगल इन्जिन भएको विमान दुर्घटना, सवार सबैको मृत्यु

टेक्सास । अमेरिकाको टेक्सासमा भएको विमान दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। सानो विमानको इन्जिनमा खराबी आएपछि आकस्मीक अवतरण गर्न खोज्दा दुर्घटना भएको हो।

एउटामात्र इन्जिन भएको विमान हिलटप लेक विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो। विमानमा ४ जनामात्र सवार रहेका थिए। सवार सबैको मृत्यु भएको हो।

Advertisement

मृत्यु हुनेमा २ जना पुरुष र २ जना महिला रहेका छन् । विमान अस्टिनबाट लुजियाना जाँदै गरेको जनाइएको छ।

विमानको प्रकारबारे स्पष्ट भएको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। विमान स्थानीय समय अनुशार विहान १० बजेर ५० मिनेटमा दुर्घटनाग्रस्त भएको हो।

More News last news
Loading...