भारतको महाराष्ट्रमा तीन तले भवन भत्कियो, ८ जनाको शव फेला, उद्धारकार्य जारी

काठमाडौँ । भारतको महाराष्ट्रमा तीन तले भवन भत्किएको छ ।

उक्त भवन भत्किँदा आठजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारका अनुसार स्थानीय र प्रहरीले २० जनाको ज्यान बचाएका छन् ।

Advertisement

यो भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने आशंका गरिएको छ।

दुर्घटना सोमबार बिहान करिब पौने चार बजे भएको हो। मुम्बईमा पछिल्लो दुई दिनदेखिको भारी वर्षाका कारण भवन कमजोर भइसकेको आशंका गरिएको थियो।

उक्त भवन सन् १९८४ मा बनेको थियो।

More News last news
Loading...