काठमाडौँ । सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ।
आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
