काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा थप १ हजार ३२५ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ। ती मध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरी २४ घण्टामा ९ हजार ५८४ पीसीआर परीक्षण गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
