काठमाडौँ । अमलेखगञ्जबाट तेल बोकेर काठमाडौँ आउँदै गरेको ट्यांकर त्रिशूलीमा खसेको छ।
शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट पेट्रोल बोक्ने ट्यांकर खसेको हो ।
ट्यांकर त्रिशुलीमा खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको छ ।
पानीमा माथिल्लो भाग मात्रै देखिएको उक्त ट्यांकरमा आगलागी भएकोले उद्धारमा समेत कठिनाइ भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परेको उक्त ट्यांकरमा चालकसहित कति जना व्यक्ति सवार थिए भन्ने पनि खुल्न नसकेको प्रहरीले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
