एजेन्सी । विश्वभर कोरोना भाइरसविरूको खोप बनाउने क्रम जारी छ।
संसारमा कोरोना भाइरसविरूद्धको खोपमा अरू मुलुकलाई रसियाले उछिनी सकेको छ। बेलायत, अमेरिका, चीन, भारत लगायतका मुलुक अझै पनि खोप बनाउने होडबाजीमा छन्।
उनीहरूले खोप बनाइहाले पनि नेपालीले पाउनु सुदूरभविष्यको कुरा बन्न सक्छ। तर, एक नेपाली भने यस्ता भाग्यशाली भएका छन् जसले संसारमै पहिलो पटक बनेको कोरोनाको खोप लगाउन पाएका छन्।
रुसमा रहेका एक नेपालीले केरोनाविरुद्धको खोप लगाउने अवसर पाएका हुन्। रुसको राजधानी मस्कोमा कार्यरत डा. महेश श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लगाएका हुन्।
मस्कोमा कार्यरत ६१ वर्षीय डा. श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लगाएका हुन्।

सल्यान पुर्ख्यौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले लक्की ड्र मार्फत् श्रेष्ठले यो अवसर पाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो।
डा. केसीका अनुसार, ३० हजार जना मध्येबाट छनौट श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
