महोत्तरी । महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।
बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३२ वर्षका प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको ज्यान गएको प्रहरीले जनाएको छ।
दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
