हेटौंडा । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्न घर हिँडेका युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ।
पुर्वपश्चिम राजमार्गको हेटौंडा-१९ नेवारपानीमा दुर्घटनामा परी घाइते भएका २७ वर्षीय दिपेन्द्र अधिकारीको मृत्यु भएको हो। चिवतनबाट हेटौंडा जाँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनी बसले ना ४९ प २४०० मोटरसाइकल ठक्कर खादा चालक अघिकारी घाइते भएका थिए।
उनलाई उपचारका लागि हेटौंडाको चुरेहिल अस्पताल ल्याउँदै गर्दाबाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत अधिकारी इन्जिनियर हुन्। शुक्रबार कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेस बस्न हेटौंडाबाट चितवन हिँडेको थिए।
गाउँपालिकाले साधानको व्यवस्था गरिदने भनेपनि उनी मोटरसाइकलमा जाँदा कसैलाई नछुने र घरमा सुरक्षित ढंगले बस्ने भनेर गएको अध्यक्ष दामोदर खनालले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
