काठमाडौँ । कांग्रेस महामन्त्री डाक्टर शशांक कोइराला शनिबार दिउँसो डिस्चार्ज भएका छन्। महामन्त्री कोइरालाले फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएपछि शनिबार डिस्चार्ज भएको बताएका छन् ।
चिकित्सकको सल्लाहबमोजिम उनी अझै केही दिन होम आइसोलेसनमा बस्नेछन् । महामन्त्री कोइरालाले आफ्नो उपचारमा संलग्न डाक्टर विश्वनाथ कोइरालालगायतको चिकित्सक टोलीलाई धन्यवाद व्यक्त गरेका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते ॐ अस्पताल भर्ना भएका थिए । कोइरालालाई नरम खालको निमोनिया र ज्वरो देखिएको अस्पतालले जनाएको थियो ।
कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
