नेपालमा एकै दिन थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए। यो सँगै नेपालमा कूल कोरोना संक्रमित संख्या ६२ हजार ७९७ पुगेको छ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जनाले कोरोना जितेका छन्।

अहिले १७ हजार १२९ जनामा संक्रिय संक्रमित छन्। उनीहरु विभिन्न आइसोलेसनमा उपचाररत छन्। त्यस्तै देशभरका क्वारेन्टिनमा ७ हजार ७३५ जना छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ।

More News last news
Loading...