ललितपुरमा कोरोनाको संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो ८ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट ललितपुरका विभिन्न अस्पतालमा ४ जनाको मृत्यु भएको छ।

ललितपुरको पाटन अस्पतालमा तीन र मेघा अस्पतालमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको ललितपुर महानगरपालिका स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

कार्यलयका अनुसार पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिला र मेघा अस्पतालमा असोज १ गते भर्ना भएकी भक्तपुरकी ९० वर्षीया अर्की महिलाको शनिबार बिहान मृत्यु भएको छ।

More News last news
Loading...