चिकित्सक सन्दुक रुइट सहित ५ सय ९४ जनालाई विभूषण, नेपाल रत्न कसैले पाएनन् (सूचीसहित)

काठमाडौँ । सरकारले यस वर्षको संविधान दिवसमा नेपाल रत्नबाट कसैलाई पनि सम्मानित नगर्ने भएको छ ।

अघिल्ला वर्षहरुमा संविधान दिवसको दिन सबैभन्दा उच्चस्तरको नेपाल रत्नबाट सरकारले बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको थियो। तर यस वर्षको संविधान दिवसको दिन मानपदवी, अलंकार र पदक पाउनेहरुको नामावलीमा नेपाल रत्न पाउने व्यक्तिको नाम छैन्।

Advertisement

यसबर्ष चिकित्सक डा सन्दुक रुइटसहित ५ सय ९४ जनालाई मानपदवी र अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषण गरिएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई तक्मा दिने निर्णय गरेकी हुन्।

चिकित्सक डा सन्दुक रुइटलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) प्रदान गरिएको छ । न्यायाधीश दीपककुमार कार्की, अख्तियारका अवकाशप्राप्त प्रमुख आयुक्त नविन कुमार घिमिरे, प्रधान सेनापति पुर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रसिद्ध प्रबल जनसेवा श्री (द्धितीय) प्रदान गर्ने निर्णय गरिएको छ।

 

 

More News last news
Loading...