काठमाडौँ । ऊर्जामन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका (अंगरक्षक) एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा एक अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले जनाएको छ।
उनका अनुसार शुक्रबार मन्त्री पुनसहित पूर्व सभामुख ओनसरी घर्ती, परिवारका सदस्यका साथै सचिवालय तथा सुरक्षाकर्मीसहित २९ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो।
मन्त्री पुनको कोरोना टेष्ट रिपोर्ट नेगेटिभ आएपनि उनी ५ दिन ओम आइसोलेशनमै बस्ने भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
