कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनले दिँदैनः मन्त्री ज्ञवाली

रुपन्देही । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न कानुनी अड्चन रहेको बताएका छन्।

शुक्रबार प्रेस सङ्गठन नेपालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनी अड्चन भएको तर सरकार भने सकारात्मक रहेको बताए।

Advertisement

उनले देशको हित र कार्यक्षमताका आधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने बताएका छन्।

More News last news
Loading...