काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस अपडेटमा मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमले २ महिला र ५ पुरुष गरी जम्मा ७ जनाको मृत्यु भएको जानकारी दिए।
आज काठमाडौँ उपत्यकामा २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु पुष्टि भएको छ। आज मृत्यु भएका ७ जनामा एक युवकबाहेक ६ जना वृद्धवृद्धा छन् ।
देशमा अहिलेसम्म मृत्यु हुनेहरुमा २ सय ८७ पुरुष र एक सय १३ महिला छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६३ प्रतिशत रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
