नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, थपिए अहिलेसम्मकै सर्वाधिक संक्रमित

काठमाडौँ । बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

Advertisement

आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् ।

यस्तै आज पीसीआर ११ हजार ४५८ जनाको भएको छ ।

More News last news
Loading...