काठमाडौँ । आज देशभरका अदालत नखुल्ने भएका छन्।
सर्वोच्च अदालतले पूर्व–प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो।
१९७६ सालमा सप्तरीमा जन्मेका सिंहले २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सेवा सुरु गरेका थिए।
२०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए। उनले २०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए।
काठमाडौँको बत्तिसपुतली बस्दै आएका पूर्व-प्रधानन्यायाधीश सिंहको ओम अस्पतालमा मंगलबार राति निधन भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
