काठमाडौँ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको अध्यावधिक विवरणअनुसार काठमाडौँमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।
यसैगरी बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो।
यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
यस्तै बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएका छन्।
उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ। यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
