‘मेयर शाक्यले सोल्टी होटलको आइसोलेशनमा बस्दा गरेको खर्च विवरण सार्बजनिक गर्नुपर्छ’

काठमाडौँ । विवेकशील नेपाली दलले काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँग सोल्टी होटलमा ‘आइसोलेशन’ बस्दा भएको खर्च विवरण माग गरेको छ।

गएको पालिकाको चुनावमा काठमाण्डौ महानगर प्रमुखकी प्रत्याशी एवं दलकी नेत्री रञ्जु दर्शनाले सूचनाको हक बमोजिम निवेदन दर्ता गरेकी हुन्।

Advertisement

दर्शनासँगै दलका सङ्घीय समिति सदस्यहरु रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको पाँच तारे होटलको आइसोलेशनको खर्चमा महानगरले बेहोरेको विवरण तथा महानगरले कोभिड–१९ रोकथामको लागि गरेको खर्च विवरणको सूचना मागिएको हो।

सूचनाको हक सम्बन्धिको निवेदनमार्फत दर्ता गर्न महानगरपालिका कार्यालय पुगेका दलका नेताहरुले कोभिड सङ्क्रमण नियन्त्रण गर्न असक्षम रहेको र पारदर्शीता कायम नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

निवेदनमा माग भए बमोजिमको सूचना प्राप्त भएपछि त्यसको विश्लेषण गरेर भावी कदम चाल्ने विवेकशील नेपालीको तयारी छ।

More News last news
Loading...