काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिए।
त्यस्तै पछिल्लो २४ घण्टामा १५ सय ३९ जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा अहिलेसम्मको कूल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै अहिलेसम्म नेपालमा निको भएर घर फर्किने कोरोना संक्रमितको संख्या ४१ हजार ७ सय ६ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ पीसीआर परीक्षण भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
