सिआईबीका डिएसपीसहित २६ प्रहरीमा कोरोना संक्रमण

काठमाडौँ । केन्द्रिय अनुसन्धान ब्यूरोमा कार्यरत २६ जना प्रहरी कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमध्ये एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) छन्।

ब्यूरोको ब्यारेकमा बस्ने ८ जना प्रहरीलाई भदौ २४ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो। उनीहरुका कन्ट्याक्ट ट्रेसिङका आधारमा थप प्रहरीलाई संक्रमण देखिएको हो।

Advertisement

संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ । केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशनमा बसेका छन् ।

More News last news
Loading...