काठमाडौँमा महशुस गरिएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चे (अपडेट)

काठमाडौँ । बुधबार बिहान काठमाडौँ आसपासमा धक्का महशुस गरिएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक रहेको पुष्टि भएको छ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

Advertisement

मापन केन्द्रका अनुसार उक्त धक्का २०७२ सालमा गएको शक्तिशाली भूकम्पकै पराकम्प रहेको छ। २०७२ सालमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता पराकम्प जाने क्रम अझै रोकिएको छैन्।

उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा पनि महशुस गरिएको थियो।

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुस भएपछि सुतिरहेका मानिसहरु घर बाहिर निस्किएका थिए ।

More News last news
Loading...