बिहानै भूकम्पले हल्लियो काठमाडौँ, सुतिरहेका मानिस घर बाहिर

काठमाडौँ । बुधबार बिहानै काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्पको धक्कासँग सुतिरहेका मानिस घरबाहिर निस्किएका छन्।

धबार बिहान ५ बजेर २० मिनेटको आसपासमा भूकम्पको धक्का महशुस गरिएको थियो। काठमाडौँमा धेरैपछि यति ठूलो धक्का महशुस भएको हो।

Advertisement

यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो।

भूकम्पले काठमाडौँका कलंकी, थानकोट, बसुन्धारा, कालिमाटी लगायतका क्षेत्र हल्लिएका थिए।

भूकम्पको केन्द्रबिन्दू कुन ठाउँमा हो र कति रेक्टर स्केलको हो भन्ने जानकारी केहीबेरमा आउने भूकम्प मापन केन्द्रले जनाएको छ।

More News last news
Loading...