मन्त्री सरह सेवा सुविधा पाउने गरी डा खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौँ । डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।

सरकारले अर्थमन्त्रीबाट भर्खरै मात्र राजीनामा दिएका डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रीसरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

डा. खतिवडाले गएको भदौ १९ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

डा. खतिवडाले सांसद नभइ ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाका कारण भदौ १९ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभामा खतिवडाको ठाउँमा वामदेव गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमझ सिफारिस गरेको छ।

More News last news
Loading...