काठमाडौँ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले जुम्लाबाट अनशन शुरु गरेको घोषणा गरेका छन् ।
डा. केसीले विभिन्न ६ बुँदे माग राखेर सोमबार दिउँसोबाट अनशन शुरु गरेका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु गर्नुपर्ने, पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने र लकडाउन देशभर पूर्णरुपमा अन्त्य गर्नुपर्ने माग राखेर आफूले अनशन शुरु गरेको डा. केसीले बताए ।
डा. केसीले विभिन्न घूस काण्डको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पनि गरेका छन् ।
विभिन्न घोटला तथा भ्रष्टाचार काण्डमा मुछिएका व्यक्तिलाई सरकारले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई कारबाही नगरेसम्म आफूले अनशन नतोड्नेसमेत उनले दाबी गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
