काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको जानकारी दिए।
यसैगरी पछिल्लो २४ घण्टामा ८ सय ७९ जना कोरोनासंक्रमित निको भएर डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १५ हजार ३ सय ९३ जना छन् भने ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए।
मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ५१ हजार ४०५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १० हजार ८७८ पीसीआर परीक्षण भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
