उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिएका छन्। आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५९७ संक्रमित थपिएका हुन्।

यस्तै, बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ। आजको तथ्यांकअनुसार संक्रमितमध्ये आधा बढी उपत्यकामा मै पुष्टि भएको हो । पछिल्लो दिनमा उपत्यकामा संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ।

Advertisement

यसैगरी, आज देशभर सक्रमितको संख्या १५ हजार ११७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् । पीसीआर ९ हजार १८५ जनाको भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ। यसैबीच आज थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ।

More News last news
Loading...