काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा ११ पुरुष र तीन महिला छन्।
जसमध्ये सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौँका ७६ वर्षीया महिला तथा ५१ र ५४ वर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष र रुपन्देहीका ४० र ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
शुक्रबार कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
