नेपालमा पछिल्लो २४ घण्टामा १२ सय १ जना कोरोना संक्रमित फेला

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ८५२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ४३१ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौँका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जना छन्।

यस्तै मकवानपुरका १०७ जना, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपुरका ५१, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, बर्दिया र सुर्खेतका १८/१८ जना, बाराका १५, सुनसरीका १४, पर्सा र सप्तरीका १०र१० जना र पाल्पाका ९ जनामा संक्रमण देखिएको छ।

महोत्तरी र रोल्पाका ८/८ जना, सिराहा, रामेछाप र स्याङ्जाका ७/७ जना, गोरखाका ६ जना, रौतहट, दैलेख र कैलालीका ४/४ जना, बाग्लुङ, अर्घाखाँची र नवलपरासीका ३/३, काभ्रे, रुकुम पूर्व र डडेलधुराका २/२ तथा इलाम, उदयपुर, ओखलढुंगा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ र प्युठानका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ।

More News last news
Loading...