गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका स्थानीय खाद्यवस्तु खरिद गरेर बेच्ने भएको छ। गाउँका उत्पादन बेच्नको लागि गाउँपालिकाले बुटवलको ग्रामीण कृषि उद्यमशीलतासँग सम्झौता गरेको छ।
गाउँपालिकाले तितौरा, गुन्द्रुक, मुलाको चाना, बेसार, कोदो, बोडी, मकै, भटमास र गहतको दाल खरिद गर्नेछ। यसको लागि गाउँपालिकाले आफ्ना उत्पादनहरु सङ्कलन केन्द्रसम्म पुर्याउन सूचना जारी गरेको छ।
तीन सय ८० रुपैयाँ किलो तितौरा
गाउँपालिकाले तितौरा तीन सय ८० रुपैयाँ किलो, गुन्द्रुक चार सय रुपैयाँ किलो, मुलाको चाना ६० रुपैयाँ, बेसार दुई सय ८५ रुपैयाँ, कोदो ३७ रुपैयाँ किलो, बोडीको दाल एक सय ५० रुपैयाँ किलोमा खरिद गर्ने भएको छ।
यस्तै मकै ४०, भटमास ७० र गहत ९० रुपैयाँमा किन्ने गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए।
यस्तो छ गाउँपालिकाको सूचना

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
