नेकपाको आगामी महाधिवेशन चैत अन्तिम साता, कार्यकारी अध्यक्ष प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आगामी महाधिवेशन चैत २५ देखि ३० गतेसम्म हुने भएको छ।

शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले पार्टीको आगामी एकता महाधिवेशनको मिति तय गरेको हो। महाधिवेशन तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत भएको छ।

Advertisement

स्थायी कमिटी बैठकले अध्यक्षद्वयको कार्यविभाजनलाई थप प्रष्टाएको छ। बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पारित गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो। त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले धारणा राखेका थिए।

नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। अब पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउने र सरकार पनि पार्टीको मागर्दशनमा चल्ने प्रवक्ता श्रेष्ठले बताए।

सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइने सहमति भएको उनले जानकारी दिए।

More News last news
Loading...