नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले चार पुरुष र एक महिला गरी थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए।

Advertisement

यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।

२४ घण्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन्। २४ घण्टाको अवधिमा बिहीबार १२ सय ४६ जना संक्रमित फेला परेका थिए। सक्रिय संक्रमित १४ हजार ९२५ रहेको प्रवक्ता गौतमले बताए।

More News last news
Loading...