काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको नेकपा स्थायी कमिटीको बैठकले एमसीसीलाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको हो। एमसीसी बारे के संशोधन गर्ने भन्ने बारे भने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने बताइएको छ।
आजको बैठकमा १३ स्थायी कमिटी सदस्यले आ आफ्नो धारणा राखेको थिए। अध्यक्षद्वयले राखेको प्रस्तावमा स्थायी कमिटी सदस्यले धारणा राखेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
असार १८ गतेदेखि अवरूद्ध हुँदै आएको नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बालुवाटारमा बसेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
