थप्रेक, तनहुँ । तनहुँमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी ४५ जना नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।
कोरोनाका बेला नेपाली काँग्रेसका केद्रीय सदस्य प्रदीप पौडेलले सामाजिक दूरी कायम गर्दै तनहुँको सिसाघाटबाट नेकपा परित्याग गरेकालाई पार्टीमा स्वागत गर्दै प्रशिक्षण दिएका छन् ।

तनहुँको व्यास नगरपालिका– ६ सिसाघाटमा नेपाली काँग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो। ‘पछिल्लो समय विस्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण जताततै संक्रमण फैलदै गएको छ । यो महामारीबाट जोगिन पनि भिडभाड गर्नुहुँदैन । सामाजिक दुरी कायम गर्नुपर्छ।
त्यसैले कुनै कोठा तथा सभाहलभित्र प्रशिक्षण दिँदा संक्रमणको जोखिम बढ्ने भएकाले सामाजिक दुरी कायम गरी खुल्ला चौरमा प्रशिक्षण गरेका हौं,’ नेता पौडेलले भने ‘खुल्ला चौरमा प्रशिक्षण गर्दा संक्रमणको जोखिम पनि कम हुन्छ ।’
नवप्रवेसीलाई फुलमाला र टिका लगाएपछि नेता पौडेलले काँग्रेसलाई थप मजवुद बनाउन नयाँपुस्ता एकजुट हुनुपर्नेमा जोड दिए । देशमा दुई तिहाईको सरकार छ । यो बेलामा जनतालाई राहत दिनुपर्ने हो । तर जनताले सरकार छ भन्ने कतिपनि महसुस गर्न सकेका छैनन् ।
कोरोनाको संक्रमण देशभर फैलदै गएको तर सरकारले ठोस निर्णय लिन नसकेको उनले आरोप लगाए । ‘बहुमतको सरकार छ, यो बेलामा जनतालाई राहत दिनुपर्ने हो, तर जनताको समस्या बुझ्नुपर्ने बेलामा सरकार मौन छ ।

‘सरकारले कृषकको समस्या बुझ्दैन’
किसानले मल नपाएर सास्ती खेपिरहेका छन् तर उनीहरुको समस्या समाधानमा सरकार चुकिरहेको छ । किन सरकारले कृषकको समस्या बुझ्दैन, उनले भने । ‘कांग्रेसले प्रधानमन्त्री कोषमा रहेको रकम स्थानीय सरकारलाई दिनुपर्छ भन्ने माग गरेको भएपनि सरकारले अटेर गरेको उनले आरोप लगाए ।
भोट दिएर जिताएपनि नेकपाले जनताको पक्षमा काम गरेनः नव प्रवेशी
नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका छविलाल विकले दुई तिहाईको सरकारलाई भोट दिएर जिताएपनि जनताको पक्षमा हित हुने काम नगरेकाले पार्टी परित्याग गरेको बताए ।
नेकपा परित्याग गरि आएकालाई केन्द्रिय सदस्य पौडेल र जिल्ला सभापति वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा दोसल्ला, अबिर तथा कांग्रेसको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
