केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना, यस्तो छ ३ दिने मौसम पूर्वानुमान

काठमाडौँ । आज देशका विभिन्न स्थानमा बदली भइ केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ तथा पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अवस्थित रहेका कारण बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै भोलि पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

हेर्नुहोस् ३ दिनको मौसम पूर्वानुमान

भाद्र २६ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया देखि पुर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र २७ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र २८ गते (आईतबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

More News last news
Loading...