अमेरिकाले बनायो युद्ध लड्न रोबोटिक कुकुर

काठमाडौँ । यो साइन्स फिक्सनको कुनै दृश्यजस्तो देखिन्छ। अमेरिकाको एयरफोर्स प्लेनबाट निस्किएर चारखुुट्टे रोबोटिक कुकुर मोजाभे मरुभूमीस्थित एयरफिल्डमा कुद्न थाल्छ।

यसले भविष्यमा हुने युद्धको सम्भावित झल्को दिन्छ। तर, गत साता सम्पन्न अमेरिकी सेनाको अहिलेसम्मकै उच्च प्रविधिको प्रयोग कुनै सिनेमाको दृश्य होइन।

Advertisement

एयरफोर्स न्युुजले ३ सेप्टेम्बरमा जारी गरेको समाचार विज्ञप्तिअनुसार एयरफोर्स सी-१३० मा उडेर सम्भावित खतरनाक एयरफिल्डमा पुुगेका सैनिकहरुले आफु विमानभित्रै बसेर रोबोट कुकुरहरुलाई खतरा पत्ता लगाउन बाहिर उतारेका थिए।

यी अत्याधुनिक रोबोटहरु एडभान्स ब्याटल म्यानेजमेन्ट (एबीएमएस) प्रणाली जोड्ने एउटा पाटोमात्रै रहेको अमेरिकी सेनाले जनाएको छ।

यस प्रणालीले अन्तरिक्षमा अमेरिकी सेनाको सम्पत्ती तथा अमेरिकामा सम्भावित मिसाइल्स वा अन्य विधिबाट हुने हमलाको जोखिम पहिचान र काउन्टरका लागि आर्टिफिसियल इन्टेलिजेन्स र -यापिड डाटा एनालिटिक्सको प्रयोग गर्छ।

एयरफोर्स अफ आक्वजिसन, टेक्नोलोजी एन्ड लजिस्टिकका एसिस्टेन्ट सेक्रेटरी बिल रोपरका अनुसार भविष्यमा सैनिकहरुसामुु युद्धमैदानमा सुचनाको दुविधाग्रस्त संकलन मूल्याङ्कन गर्नुुपर्ने चुनौती हुनेछ।

‘प्रभावकारी रुपमा लड्नका लागि उनीहरु नानो सेकेन्डमा गरिने डाटा सिन्थेसिसको भर पर्नेछन्,’ रोपरले एमबीएमएस अभ्यासबारे भनेका छन्, ‘डाटा नै युद्धको आधारभूत स्रोत हुनेछ। आगामी पुस्ताको युद्धमा जेट इन्धन वा स्याटेलाईटभन्दा यसको महत्त्व कम हुनेछैन।’

३१ अगस्टदेखि ३ सेप्टेम्बरसम्म आयोजित पछिल्लो अभ्यासमा कोस्टल गार्ड र उद्योगका दर्जनौँ टोलीसहित अमेरिकी सेनाका सबै शाखाको सहभागिता थियो। अभ्यासका क्रममा देशका ३० स्थानहरु प्रयोग गरियो।

More News last news
Loading...