काठमाडौं । चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ। मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा उनको निधन भएको हो।
लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए। उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए । सन्तोषका अनुसार बिहीबार छेतनको अन्तेष्टि गरिने छ।
‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका छेतनले ‘डम्बरुको डन्डिबियो’बाट निर्देशनमा हात हालेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
