नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । आज पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस (कोभिड–१९०) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृत्यु भएको छ ।

Advertisement

त्यसैगरी ३३ हजार ८८२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् ।

More News last news
Loading...