पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३२६ जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ गरी थप ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा थप ९७९ जना थपिएसँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको जानकारी दिए।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ थियो।

पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ।

More News last news
Loading...