नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा थप ९७९ जना थपिएसँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको जानकारी दिए।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ थियो।

पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ।

More News last news
Loading...